काठमाडौँ, २१ असोज । नेपालमा यसवर्ष डेंगु संक्रमितको संख्या ३५ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३५ हजार ९४ जना संक्रमित भएका छन् ।
डेंगुबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । ईडीसीडीका अनुसार १० जिल्लामा संक्रमितको संख्या ४०० भन्दा माथि रहेको छ । सबैभन्दा धेरै सुनसरीमा १६ हजार ८० जना संक्रमित भएका छन् । झापा, धादिङ, तनहुँ र मोरङमा संक्रमितको संख्या दुई हजारभन्दा माथि छ ।
त्यस्तै, कास्की, संखुवासभा, काठमाडौं, कैलाली र धनकुटामा ४०० बढी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्