राजनीति

जसपाद्वारा सूचना तथा प्रविधिका लागि दरखास्त आह्वान



काठमाडौँ, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्त आह्वान गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको हो । सो दरखास्त पार्टीका सदस्यले मात्र भर्न पाउँछन्’, उनले भने, पार्टीमै दक्ष व्यक्ति छन् त्यसलाई जिम्मेवारी दिएर काम लगाउनेछ ।’

त्यसबापत दिइने तलबबारे खुलाइएको छैन । तर सो क्षेत्रमा दक्षता भएकाहरूबाट प्रविधिमार्फत व्यापक नेटवर्क स्थापित गरी पार्टी परिचालन गर्ने तयार भइरहेको उनले बताए ।