राजनीति

हिक्मतले भने– सस्थापनले सहकार्य गर्न नचाहेपछि विद्रोहीलाई साथ दिएको हो



काठमाण्डौ,१ कार्तिक ।कांग्रेस संस्थापन र माओवादीले हाम्रा कुरै नसुनेपछि विद्रोहीलाई साथ दियौ ।
पूर्वमुख्यमन्त्री तथा कोशी प्रदेशस्थित एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले कांग्रेस सस्थापनले सहकार्य गर्न नचाहेको र माओवादीले कुरा नसुनेपछि आफूहरूले कांग्रेसका विद्रोहीलाई साथ दिएको बताएका छन् ।

बुधबार प्रदेशसभामा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतका लागि राखेको प्रस्तावका सम्बन्धमा पूर्वमुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । उनले गठबन्धनले अमुक व्यक्तिलाई माथिबाट मुख्यमन्त्री तोकेर संघीयतामाथि प्रहार गरेको टिप्पणी गरे ।

कांग्रेसको संस्थापनले हामीसँग सहकार्य गर्न नचाहेपछि, माओवादीले नसुनेपछि कांग्रेसका विद्रोहीलाई साथ दियौँ, एमाले संसदीय दलका नेता कार्कीले भने, ुगठब्न्धनले संघीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त बन्यौँ । त्यसैले केदार कार्कीलाइ समर्थन गर्‍यौँ ।