Banner News

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित



काठमाण्डौ,२ कार्तिक । त्रिकोणात्मक टी २० सिरिजस् नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले

त्रिकोणात्मक टी(२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिनए । यस्तै, कप्तान रोहित पौडेल २५ र गुल्सन झा १४ रनमा अविजित रहे । यसैगरी, कुशल भुर्तेलले ८, सन्दिप जोराले ३ र कुशल मल्लले १ रन जोडे ।

हङकङका लागि इसान खानले ३ र यासिम मुर्तजाले १ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको हङकङले १९।३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रनको योगदान दिए । यस्तै, जिसन अलीले १७, अदित गोरावाराले ८ र एजाज खानले ७ रनको योगदान दिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि करण केसी एक्लैले चार विकेट लिए । यस्तै, सोमपाल कामी र अविनाश बोहोराले समान २(२ तथा कुशल मल्ल र मौसम ढकालले १(१ विकेट लिएका थिए ।

यसअघि बुधबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले अब तेस्रो खेल कात्तिक ४ मा हङकङसँग नै खेल्नेछ । चौथो खेल भने नेपालले ६ कात्तिकका दिन यूएईसँग खेल्नेछ । क्यानका अनुसार खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ ।

नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी२० शृंखला १० कात्तिकसम्म चल्नेछ । शीर्ष स्थानमा रहने दुई टिम १० कात्तिकमा उपाधिका लागि भिड्नेछन् ।