काठमाडौँ, २ कार्तिक । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोअपरेसन इन युथ एण्ड स्पोट्र्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको छ ।
नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोअपरेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेसन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको छ ।
प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको बताइन् । ‘गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’
प्रतिक्रिया दिनुहोस्