पोखरा, १३ कार्तिक । पोखरामा रगत अभाव भएको छ ।
प्रदेशस्तरीय रक्त सञ्चार सेवा कार्यालय पोखराका अनुसार विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । पोखरामा दैनिक ८० युनिट हाराहारी रगत खपत हुन्छ । तर दसैंको बेला रक्तदान कसैले नगरेका कारण अभाव भएको हो ।
अहिले विशेषगरी बी पोजेटिभ रगतको प्लेटलेसको अभाव छ । प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन । यसका लागि नियमित रक्तदान कार्यक्रम आवश्यक पर्ने उनको भनाई छ । बी पोजिटिभ समूहका रक्तदातालाई रक्तदान गर्न उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्