Banner News

एमालेको चियापान आज



काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दैछ । दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुने बताईएको छ । यसअघि एमालेले मंगलबार (कार्तिक १४ गते) गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको हो ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको छ । पायक पर्ने सर्वसाधारणहरू पनि चियापान समारोहमा उपस्थित हुन सक्नेछन् ।