काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
बैठक आइतबार विहान १० बजे बस्ने सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा कार्यसम्पादन समितिका सदस्यहरुलाई बोलाइएको छ । कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितहरुलाई तत्काल ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बैठकमा पार्टीको आगामी महासमिति बैठकको तयारीका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसको महासमिति बैठक आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्