काठमाण्डौ,१९ कार्तिक । नेपाली कांग्रेसको महासमिति बैठक दुई हप्ता पछि सरेको छ ।
बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक दुई हप्ता पछि सार्ने निर्णय गरेको हो । कांग्रेसको महासमिति बैठक २९ मंसिरदेखि २ पुससम्म हुने भएको छ ।
बैठकका लागि तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले १३–१७ मंसिरसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
बैठकले महामन्त्रीद्वय बैठकले भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नगर्न सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ । भूकम्प गएका क्षेत्र अवलोकनसहित काम गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्