काठमाडौँ, २४ कार्तिक । यो वर्षको तिहारमा काठमाडौँ महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन् । सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरेका छन् ।
मेयर बालेनले फेसबुकमा लेखेका छन्, “विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौँ महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,” “यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।”
प्रतिक्रिया दिनुहोस्