सप्तरी, ६ मंसिर । सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मंगलवार मृत्यु भएको छ ।
कारागार प्रमुख सदानन्द दासका अनुसार राजविराज नगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको हो ।
मण्डल २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको जनाइएको छ । हिजो बिहान शौचालयबाट निस्केपछि लडेका मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको कारागार प्रमुख दासले बताए ।










प्रतिक्रिया दिनुहोस्