Banner News

गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् ।

आज नेपाल सम्वत मूल समारोह समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुःखले नआएको भन्दै यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएको बताए । 

उनले भने, ‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’   पराजित भइसकेका सामन्ती तत्त्वहरूले अन्तिम पटक टाउको उठाउन खोज्ने संसारकै नियम भएको भन्दै उनले अहिले नेपालमा पनि त्यही कोसिस भइरहेको बताए । 

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ’, चेतावनी दिँदै प्रधानमन्त्रीले भने, ‘यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’ त्यस क्रममा उनले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले राष्ट्रिय संवतकाे रूपमा विकसित गर्नुपर्ने बताए ।