समाचार

आगलागीमा परि चार जनाको मृत्यु



बर्दिया, ९ मंसिर । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी नषी बुढा र ३५ वर्षकी राधा बुढाकाे मृत्यु भएकाे हाे । 

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे  छ । घरमा के कारणले आगलागी भयाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।