अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।