Banner News

टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई थुनामै राख्ने उच्च अदालतको आदेश



काठमाडौँ, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । 

उच्च अदालत  पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

त्यस्तै सोही प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि थुनामै रहने भएका छन् । उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन् । अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ ।