Banner News

अध्यक्ष ओलीको आरोप: सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लाग्यो



रामेछाप, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको पनि ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएकोउनको भनाइ थियो । ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको दाबी समेत गरे ।

उनले भने, ‘यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ । यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु ।’ 

नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गरे।एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताए । गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने हुने ओलीले बताए ।