समाचार

काठमाडौंको फोहोरको दिगो व्यवस्थापनमा वालेनको जोड



काठमाण्डौ,२९ मंसिर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छ२९ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।

उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।
त्यसरीनै काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि सरकारसंग सहयोगको अपेक्षा राखे ।