मकवानपुर, १३ पौष । मनहरी गाउँपालिका-९ हरियाली वनबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।
बारुद भरेको २ वटा फलामको खोकासहितको उक्त पेस्तोल बरामद भएको छ भने प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-२ भाबर बस्ने २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्