समाचार

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर



काठमाडौँ, १३ पौष । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्। 

अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले सजाय भोग्नुपर्ने अवधि तय हुनेछ।

अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।