समाचार

बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ



सिन्धुपाल्चोक, १६ पौष । सिन्धुपाल्चोकमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ पक्राउ गरेको हो । भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।