समाचार

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु



‍‍‍‍‍‍‍‍‍‍काठमाडौँ, २१ पौष । सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान महोत्तरीको बर्दिबास नगरपालिका–१४ बर्दिबास चोकमा ज.१ क ४७४ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ  । मृत्यु हुनेमा  सोही नगरपालिका–१० खयरमारा बस्ने ७० वर्षीय राम बहादुर राउत रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।