समाचार

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु



बाँके, २३ पौष । नेपालगंजको मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको छ ।

आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ ।