Banner News

टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रधानमन्त्री



काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् ।

सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताए ।

‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ’, उनले भने ।

यस्तै उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको उनले बताए । त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ थियो ।