राजनीति

रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन



काठमाडौँ, ४ माघ । नेपाल विद्यार्थी संघले सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न सहकारी विभाग माग गरेको छ ।

नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । नेविसंघले सहकारी विभाग अगाडी उजुरी दर्ता गरे सँगै विभिन्न नाराहरू सहित प्रदर्शन समेत गरेको थियो । नेविसंघले सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ ।

नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको नेविसंघले जनाएको छ । नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई सहकारी घोटालाको  तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।