काठमाडौँ, ५ माघ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा गत ३ वर्षमा सम्पन्न इंजिनियरिंग संकायमा भए गरेका कार्य र आगामी वर्षमा सम्पन्न गरिने कार्ययोजनाहरुलाई सार्वजनिक गरेको छ ।
इन्जिनिरयरिका डीन देवी प्रसाद भट्टराईले पूर्वांचल विश्वविद्यालयमा इंजिनियरिंग संकायको डीनको हैसियतले कार्यप्रारम्भ गरेको हिजोबाट तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा संकायले सम्पन्न गरेका, हाल सम्पन्न गर्ने योजनामा रहेका र गर्न वाकी रहेका शैक्षिक उन्नयनका गतिविधिलाइ प्रस्तुत गर्नुभयो ।
उहाँले सार्वजनिक गर्नुभएका सम्पन्न कार्यहरु तथा भावी कार्ययोजनाहरु निम्न प्रकार रहेका छन्,
१.इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहका विभिन्न ७ वटा कार्यक्रमका १० वर्ष पुराना सिलेवसलाई विषय समिति मार्फत संसोधन तथा पुनर्लेखन गराइ रास्ट्रिय तहका कार्यशालामा छलफल र सन्सोधन सहित प्राज्ञिक परिषदवाट अनुमोदन भइ उक्त संसोधित सिलेवसलाइ पाठ्यक्रममा लागु गरिएको छ । तेस्रो र चौथो वर्षको पाठ्यक्रम विस्तृतिकरणको कार्य जारी छ।
२. स्नातकोत्तर तहका पाठ्यक्रमलाई समेत संसोधन गरि यसै वर्षदेखी नया तथा संसोधित पाठ्यक्रम लागु गरिएको छ।
३. आंगिक क्याम्पस विराटनगरमा Earthquake Engineering, Construction Management तथा Electrical Power System Engineering का स्नातकोत्तर तहका नया कार्यक्रम संचालन भएका छन। त्यस्तै अन्य २ वटा सम्बन्धनप्राप्त कलेजले समेत स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया पूर्याई अनुमति प्राप्त गरेका छन। यी कार्यक्रमहरु अध्ययन गर्न पहिलो ब्याचको प्रवेश परीक्ष्यामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो।
४. मूल्यांकन पद्धतिलाई स्वस्थ, स्तरीय र क्षेत्रीय/
अन्तराष्ट्रीय मापदण्ड सरह बनाउन आन्तरिक तथा Final मूल्यांकन पद्धतिलाई परिमार्जन गरिएको छ, ज़हा बिद्यार्थी र विषय शिक्ष्यकलाई वढी ज़िम्मेवार बनाईएको छ।
५. आंगिक तथा सम्बन्धन प्राप्त सवै क्याम्पस/कलेजको स्थलगत रुपमा निरिक्षण गरि आवश्यकता अनुसार भौतिक पूर्वाधार , प्रयोगशाला र पठन पाठन कार्यको स्तर उन्नयन गरि स्तरिय सेवा दिन निर्देशन दिइएको छ ।
६. पुसेट (PUSET)लाइ School of Engineering र School of Science & Technology को रुपमा छुट्टा छुट्टै स्थापना गर्न Faculty तथा Staff को व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।
७. पुर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय तथा त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ्ग अध्ययन संस्थान र मनमोहन टेक्निकल यूनिवर्सिटी विच मानविय संसाधन तथा प्रयोगशाला र अनुसन्धान कार्यमा एक अर्का विच पारस्परिक सहयोग समन्वय गर्ने सम्वन्धमा सम्झौता MOU सम्पन्न भएका छन । र सोही समझौता अनुरूप हाल मास्टर्स तथा ब्याचलर तहमा केही कार्यक्रममा शिक्ष्यकहरुको सहभागिता हुदै आएको छ।
८. पुर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय तथा काठमाडौं विश्वविद्यालय विच Renewable and Sustainable Energy Laboratory ( RSEL) प्रदेश नं १का लागि Solar & Renewable Energy focusing in Province-1″ मार्फत सहकार्यको कार्य सुरुवात गरिएको छ ।
९. कक्षा संचालनलाइ व्यवस्थित वनाउन र समयमैं कोर्स सम्पन्न गर्न नियमित रूपमा एकाडेमिक क्यालेन्डर प्रकाशन गरि त्यसलाइ कडाइका साथ् पालना गर्न सम्बन्धित स्कूल/कलेज/ क्याम्पसलाई निर्देशन प्रदान गरियेको छ ।
१०.परिक्षा व्यवस्थापन कार्यालयमा इञ्जिनियरिङ्ग संकायको नतिजालाइ छिटो छरितो र प्रभावकारी बनाउन डेपुटी कन्ट्रोलर (Engineering) को व्यवस्थापना भएको छ ।
११. विश्वविद्यालय अन्तर्गतका सवै कलेज विचको मास्टर्सको थेसिस रिपोर्टको स्ट्रक्चरमा एक रुपता कायम गरियेको छ साथै थेसिसको डिफ़ेन्स वर्षमा ३ पटक (भाद्र, माघ र जेठ महीना) तोकिएको छ।
१२. Online विधिवाट प्रवेश परिक्षाको आवेदन फाराम र दस्तुर र डकुमेन्ट बुझाउने कार्य संचालनको सुरुवात भएको छ ।
१३. विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्वन्धन प्राप्त कलेज व्यवस्थापनसंग शैक्षिक गुणस्तर उकास्न नियमित वैठक गरि समस्याको पहिचान र आवश्यकता अनुसार समाधानका उपायवारे छलफल सहित क्रमशः कार्यान्वयन गर्ने गरिएको छ ।
१४. प्रवेश परिक्षा बिनियामावाली तथा छात्रवृत्ति बिनियामावालीमा देखिएका त्रुटी तथा कमजोरीलाइ संसोधन तथा परिमार्जन गरि नया बिनियामावाली लागु गरि सोही अनुरुप कार्य संचालन गर्न थालिएको छ ।
१५. Electronics & Telecommunication Engineering विषयको नाम परिवर्ततन गरि Electronics Telecommunication & automation Engineering राखि एकाडेमिक काउन्सिल वाट अनुमोदन गराउने कार्य भएको छ । यस विषयमा वढी रोजगारमुखी तथा अत्याधुनिक विषयहरु समावेस गरिएको छ ।
१६. पुर्वान्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकायको आफ्नै website www.pufoe.edu.np र इमेल @pufoe .edu .np वनाइ सोही माध्यमको प्रयोग गरि आवश्यक सुचना सम्प्रेसण वा आदान प्रदान गर्ने गरिएको छ
१७. आंगिक क्याम्पसमा अत्यावश्यक रहेका सहायक प्राध्यापकका रिक्त करार पदहरुमा लिखित, मौखिक तथा प्रयोगात्मक विधि अपनाई खुल्ला प्रतिस्पर्धावाट ९ जना योग्य शिक्षकको नियुक्तिको लागि कार्यकारी परिषदमा सिफ़ारिस पठाइएको र सोही अनुसार नियुक्ति भएको छ।
१८. पुर्वान्चल विश्वविद्यालय र इञ्जिनियरिङ्ग संकायले हाल गरि रहेका काम तथा भावी योजना /कार्यक्रमवारे समय समयमा विभिन्न संचार माध्यमवाट जानकारी गराउने गरिएको छ ।
भावीयोजनाहरु
१. अध्ययन/ अनुसन्धानलाई प्रोत्साहन तथा अगाड़ी बढ़ाउन डीन कार्यालय अन्तर्गत Research Unit गठन गर्ने प्रक्रिया अगाड़ी बढ़ाईयेको छ।शिक्षकहरुलाइ उच्च अध्ययन तथा अनुसन्धान तथा पि एच डि डिग्रिको निमित्त अभिप्रेरित गर्ने योजना रहेको छ ।
२. इञ्जिनियरिङ्ग संकाय अन्तर्रगत स्नातकोत्तर तहको नियमित परिक्ष्या संचालन गर्ने उद्दयेश्यले यसै आर्थिक वर्षसम्ममा सॉफ्टवेर तथा हार्डवेयर जड़ान गर्ने कार्य सम्पन्न गरिनेछ।
३. पुर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय अन्तर्रगतका आंगिक कलेज र डिन कार्यालयविच गतवर्ष गरेका कामको समिक्षा र आगामी योजनावारे अन्तरकृया कार्यक्रम गरिनेछ ।
४. आंगिक क्याम्पसमा आऊदो शैक्षिक सत्रसम्ममा सिबिलतर्फ १ र कम्प्यूटर र इलेक्रोनिक्सतर्फ १/१ गरि थप ३ विषयमा स्नातोकोत्तरका कार्यक्रम सञ्चालन गरिनेछ।
५. जेहेंदार छात्रवृत्ति पाऊने विद्यार्थीको सुबिधा पनि आरक्षित छात्रवृत्ति पाऊँने विद्यार्थी सरह बनाउने प्रक्रिया अगाड़ी बढ़ाईयेको छ।
६. परिक्षालाइ थप व्यवस्थित बनाउदै परिक्षा सकिएको ३ महीना भित्रमा नतिजा प्रकाशन गर्न परीक्षा व्यवस्थापन कार्यालयलाई आवश्यक सहयोग तथा coordination गरिनेछ।
७. आंगिक क्याम्पसमा स्नातक तहमा बायोमेडिकल र आर्कीटेक्चर जस्ता कार्यक्रम सन्चालन गर्न पहल गरिनेछ !
८. आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्मार्ट क्लास रुमको व्यवस्थापन र संचालन गर्न अभिप्रेरित गररिनेछ।
९. विषय सम्बन्धित व्यवस्थित पुस्तकालय तथा Scientific journal मा विद्यार्थि शिक्षकको पंहुचलाइ सुनश्चित गर्न पहल गर्ने ।
१०. भारत तथा अन्य विदेशी विश्वविद्यालयसंग सहकार्य र फैकल्टी उन्नयन गर्न , सम्वन्धित कलेज तथा निकायहरुसंग सहकार्य समन्वय र अन्तरकृर्योलाई निरन्तरता दिइनेछ।
प्रतिक्रिया दिनुहोस्