राजनीति

देव गुरुङमाथि पार्टी केन्द्रीय सदस्यले लगाए भ्रष्टाचारको आरोप



काठमाडौँ, ६ माघ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । 

पार्टीले आफूमाथि कारबाही गरेको विषयको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन् । वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा उनीमाथि पार्टीले कारबाही सिफारिस गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल कोओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ । उनले दुवैमाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गर्न माग समेत गरेका छन् ।