राजनीति

योग्य भए पुरस्कार लागि आवेदन दिन मन्त्रालयको आग्रह



काठमाडौँ, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरस्कारका लागि आवेदन पेस गर्न आग्रह गरेको छ । पुरस्कारका लागि सम्बन्धित क्षेत्रमा योगदान पुर्याएका योग्य व्यक्तिले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । 

बीपी कोइराला राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन दिन भनिएको छ । 

सम्बन्धित विधा र क्षेत्रमा तोकिए बमोजिमको योगदान पुर्याएका व्यक्ति वा संस्थाहरूले आवश्यक कागजातसहित ३० दिनभित्र मन्त्रालयको संस्कृति महाशाखामा आवेदन पेस गर्नुपर्नेछ ।