Banner News

भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय



काठमाडौँ, ९ माघ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलाे बनाएको छ ।

यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर)  को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको छ । भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । 

अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ ।