राजनीति

बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई दिइयो १०/१० लाख क्षतिपूर्ति



काठमाडौँ, ११ माघ । सरकारले बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।

सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।