काठमाडौँ, १९ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशको नजिता स्वभाविक भएको बताएका छन् ।
आज राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुला फुटसल प्रतियोगिता उद्घाटन गर्दै पौडेलले कोसीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरूले पनि मत दिएका कारण कोसीको एक सिटमा एमाले विजयी हुनु स्वभाविक भएको बताए ।
कोसी प्रदेशसँगै अन्य प्रदेशमा पनि एमालेको मतभार बढी देखिएकाले जनतामामात्रै नभई जनप्रतिनिधिहरूमाझ पनि एमालेको जनाधार बढ्दै गएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्