राजनीति

एमाले धादिङ जिल्ला अधिवेशनमा स्थगित



काठमाडौँ, २१ माघ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । 

माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । 

कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषकाे हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै  अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।