राजनीति

महामन्त्री शर्माद्वारा रसियन सेनामा रहेका नेपालीको अविलम्ब उद्धार माग



काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसियन सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए ।  उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।