Banner News

माओवादीको बैठकमा विधान अधिवेशनवारे छलफल हुने




काठमाडौ २८ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको छ ।समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरू हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो ।दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ मा विशेष समीक्षा गर्ने कार्यसूची छ । त्यस्तै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

४०९ सदस्यीय माओवादी केन्द्रीय कमिटीमा १९० वैकल्पिक केन्द्रीय सदस्य छन् । सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारी पनि बैठकमा सहभागी छन् । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ ।