समाचार

सडक डिभिजन कार्यालयमा आगलागी



काठमाडौँ, २८ माघ । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ ।

आइतबार दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण सामान्य क्षति भएको छ । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।