Banner News

राप्रपा बृहत् आन्दोलनको तयारीमाः ९ गते राजधानीमा प्रदर्शन



काठमाण्डौ, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ।

आज को बैठकले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको छ।

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग पत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा आन्दोलन मूल समिति संयोजकसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणा, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, उपत्यकाभित्रका जिल्ला अध्यक्षहरूलगायत सहभागी थिए।
राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने राप्रपाको निर्णय थियो।