सिन्धुली, ४ फागुन । सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज बिहान दुर्घटना हुँदा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमरको मृत्यु भएको हो ।
कुमर स १० प ३९०९ को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौली तर्फ जाँदै थिए । उनलाई दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए ।
बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर थियो । उनलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्