काठमाडौँ, ८ फागुन । काठमाडौँ महानगरपालिकाले वडा नं. २७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ ।
फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै सङ्कलन गर्न थालिएको छ । ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ । घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी यस वडाबाट गरिएको हो ।
५ हजार जनसंख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम छ । एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउने र एउटा पाइलमा करिब ३५ सय किलो जैविक फोहोर रहेको हुन्छ । एक भाग जैविक फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।










प्रतिक्रिया दिनुहोस्