काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बुधबार काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो ।
फागुन १६ गतेदेखि १९ वटा वडाहरू ( वडा नम्बर १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८) र फागुन २० गतेदेखि १३ वटा वडाहरू (४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२) मा खोप कार्यक्रम चल्ने छ ।
खोपमा दादुरा–रुबेलासँगै नियमित खोप पनि प्रदान गरिने छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस)ले ९ महिनामाथि र पाँच वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका रहेको देखाएको छ । यिनीहरूलाई दादुरा–रुबेलासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइने छ ।
प्रतिक्रिया दिनुहोस्