काठमाडौँ, १० फागुन । नेप्से परिसूचक २०.७६ अंकले घटेर बन्द भएको छ ।
नेप्से १.०२ प्रतिशतले घटेर २००५.८३ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका मध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सिद्धार्थ बैंक लिमिटेड छन् ।
१३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्सको ०.३३ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१४ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्