जनकपुरधाम, १५ फागुन । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।
धनुषाका प्रहरीका अनुसार जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई अपहरण मुक्त गरेको हो ।
गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट बालकको उद्धार गरेको हो । स्थानीयले जकपुरधाम उपमहानगरपालिका-२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलले बालक अपहरण गरेर लगेको प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा उनीसँगै बालक फेला परेका हुन् ।










प्रतिक्रिया दिनुहोस्