समाचार

श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु



बुटवल, १३ चैत । बाँके जिल्लाको  कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशीलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको थियो । 

गम्भीर घाइते भएकी सुशीलालाई नेपालगन्ज मेडिकल कलेजको हलपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिरहेको छ ।