काठमाडौँ, १४ चैत । पाल्पामा मृत अवस्थामा एक युवतीको शव फेला परेको छ ।
पाल्पा प्रहरीका अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो ।
मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् । रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको हो ।
घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरेको छ । प्रहरीका अनुसार अनुसन्धानको लागी भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्