समाचार

चट्याङ लागेर एक बालिकाको मृत्यु



काठमाडौँ, १८ चैत । दैलेखको भैरवी गाउँपालिका–७, पानीपोखरीमा चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।

प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार बेलुका चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

चट्याङ लागेर एउटा खसी समेत मरेको जनाइएको छ । दैलेखमा बेलुका ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।