समाचार

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध



काठमाडौँ, १८ चैत । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार लमजुङ र मनाङलाई जोड्ने सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको छ । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।