राजनीति

रुसी सेनामा भर्ती भएका परिवारद्ववारा सिंहदरबार अगाडि प्रदर्शन, १६ जना पक्राउ 



काठमाडौँ, १९ चैत । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । 

आज विहान साढे १० बजे उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्नेमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ  । 

पक्राउ पर्नेमा कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादब, चादनी बिष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गिता घर्ती मगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई, मीनबहादुर दाहाल र १८ महिनाका जेनिश पुन रहेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउन,  युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्थाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।  मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउन र वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर्न समेत उनीहरुको माग छ ।