राजनीति

‘सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ’



काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।

आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।