धनगढी, २२ चैत । धनगढीमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको छ । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।










प्रतिक्रिया दिनुहोस्