राजनीति

काठमाडौँ महानगरद्वारा इन्टर्नका लागि आवेदन माग



काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाको स्वर्णिम योजना, ‘एग्रो पुलिङ कार्यक्रम’ मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले १५ जना जनशक्ति आवश्यक रहेको बताएको हो । यसका लागि कृषि विषयमा स्नातक तह अध्ययनरत वा उत्तीर्ण हुनुपर्ने भनिएको छ ।