Banner News

निषेधित क्षेत्र तोडेपछि प्रहरीसँगराप्रपाको झडप



काठमाण्डौ, २७ चेत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँथ झडप भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट र्‍यालीसहित निस्केको जुलुस अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा माइतीघरतर्फ अघि बढ्न खोज्दा प्रहरीसँग झडप भएको हो ।

सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्यासका साथै पानीको फोहोरा प्रहार गरेको छ । त्यस क्रमममा केही घाइते भएका छन् ।