Banner News

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

आज भएको भेटमा संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको छ । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अन्त्य हुनसक्ने बताए ।  ‘कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुनसक्छ’, भेटपछि अध्यक्ष ओलीको भनाइ छ ।